२७ भदौ २०८३, शनिबार 1789219212
समाचार

भक्तपुरको सूर्यविनायक नगरपालिका १ मा नेकपा एमाले विजयी

भक्तपुर । सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३ सय १० मत ल्याएर विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसले ८९९ मत ल्याएका छन् । यस अघिको स्थानीय तहको निर्वाचनमा पनि सिरुटारको वडा अध्यक्ष सानुकाजी कायस्थ नै निर्वाचित भएका थिए ।

सिरुटारमा एमालेले वडा अध्यक्ष सहित खुल्ला महिला सदस्य, दलित महिला सदस्य, खुल्ला वडा सदस्यले विजय हासिल गरेको छ । खुल्ला वडा सदस्य जोर चिन्हमा भने नेपाली कांग्रेसले विजय हासिल गरेको छ।

प्रारम्भिक नतिजा अनुसार हालसम्म नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका निसान ढुङ्गेल अगाडी छन् भने उपमेयरमा नेकपा एमालेका उम्मेदवार सरिता तिम्सिना भट्टराई अगाडी छिन् ।