२१ बैशाख २०८३, सोमबार 1777945012
खेलकुद

 फेलिक्स बाउमगार्टनरको प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु

काठमाडौँ।  सन् २०१२ मा रेड बुल स्ट्राटोस प्रोजेक्टअन्तर्गत पृथ्वीको वायुमण्डलको सिमाना (३९ किलोमिटर) बाट कीर्तिमानी ‘जम्प’ गरेका अष्ट्रियाली साहसी खेलाडी फेलिक्स बाउमगार्टनरको ५६ वर्षको उमेरमा निधन भएको छ।

इटालीको एड्रियाटिक तटीय क्षेत्र पोर्तो सान्त एल्पिडियोमा बिहीबार भएको प्याराग्लाइडिङ दुर्घटनामा उनको ज्यान गएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार बाउमगार्टनरले आफ्नो प्याराग्लाइडरमाथिको नियन्त्रण गुमाएका थिए र ले मिमोसे फेमिली क्याम्पिङ भिलेजको स्विमिङ पुल नजिकको काठको संरचनामा ठोक्किएका थिए।

दुर्घटनास्थलमै उनको मृत्यु भएको हो भने दुर्घटनामा एक महिला होटल कर्मचारीसमेत घाइते भएकी छिन्। उनलाई घाँटीमा चोट लागेपछि अस्पताल लगिएको छ।