२१ बैशाख २०८३, सोमबार 1777940967
खेलकुद

साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै

काठमाडौं :  बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो । खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।