४ आश्विन २०८१, शुक्रबार 1726863555
Banner

२२ स्थानीय तहको नतिजा सार्वजनिक, एमाले अगाडि

काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम आउने क्रम जारी छ। आइतबार बिहानसम्म २२ पालिकाको अन्तिम मतपरिणाम आएको निर्वाचन आयोगले जनाएको छ। २२ पालिकामध्ये ९ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ८ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले ३ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।

यी हुन् विजेता- नाम र मतसहित 

नेकपा एमाले–८

१. धावा सन्दुक गुरुङ, शे फोक्सुन्डोगापा डोल्पा (निर्विरोध)

२. लोप्साङ छोम्पेल विष्ट, लोघेकर दामोदर कुण्डगाउँपालिका (मुस्ताङ) ६ सय ८९ मत

३. लोकेन्द्रबहादुर घले, चामेगापा (मनाङ) ३ सय २० मत

४. कान्छा घले, ङिस्याङगापा (मनाङ)  ८ सय ६१ मत 

५. रिन्जिननाम्ग्याल गुरुङ, वारागुङ मुक्तिक्षेत्रगापा (मुस्ताङ) ८ सय ७६ मत

६.  टसी न्हर्वु गुरुङ लोमन्थाङ गाउँपालिका (मुस्ताङ) ६ सय ६८ मत

७. मिङमा छिरी शेर्पा खुम्बु पासाङ ल्हामु गाउँपालिका (सोलुखुम्बु) २ हजार २८ मत

८. मानविर बोहरा साइपाल गाउँपालिका (बझाङ) ६ सय ७५ मत

९. प्रकाश ओझा नवलपुरको बौदीकाली गाउँपालिका

नेपाली कांग्रेस – ८

१. कोञ्जो तेञ्जिङ लामा, नार्पाभूमिगापा (मनाङ)  १ सय ५८ मत

२. मोहनसिंह लालचन, घरपझोङ गापा (मुस्ताङ) ७ सय ६० मत 

३. धनबहादुर गुरुङ–  नासो गापा (मनाङ) ८ सय २० मत

४. इन्द्रबहादुर कार्की  गन्यापधुरा गाउँपालिका  (डलेलधुरा) ३ हजार ३८४

५. खिलध्वज पन्थी रेसुङ्गा नगरपालिका  (गुल्मी) ८हजार ६१४ मत

६० सरोज थापा गुल्मीदरवार गाउँपालिका (गुल्मी) ६ हजार १६६ मत

७. भैरवबहादुर साउँद बडीकेदार गाउँपालिका (डोटी) २३४३ मत

८. कर्णबहादुर रावल खार्पुनाथ गाउँपालिका (हुम्ला) १८ सय १० मत

माओवादी  केन्द्र–२

१. नारासिंह रोकाया जगदुल्लागाउँपालिका (डोल्पा) ७ सय ७० मत

२. छविराम सुवेदी नौमुले गाउँपालिका (दैलेख) ३२ सय मत

३. धनबहादुर बिक ताराखोला गाउँपालिका (बागलुङ) २२ सय ८५ मत 

नेकपा एकीकृत समाजवादी -२

१. अंगदकुमार राना, काईकेगापा (डोल्पा) निर्विरोध

२. सेनाङ गुरुङ, छार्का ताङसोङगापा (डोल्पा) निर्विरोध