४ आश्विन २०८१, शुक्रबार 1726856504
पालिका

सुनसरीमा हालसम्म को कहाँ विजयी ?, एमालेको अग्रता

सुनसरी – सुनसरी जिल्लाका चार स्थानीय तहका चारवटा वडाको मतगणना सकिएको छ। जसमा सबैभन्दा धेरै तीन वडाका वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ।

धरान उपमहानगरपालिकाका वडा नम्बर २ मा एमालेका रमेश राई ७४८ मत ल्याएर विजयी भएका छन्। मेयरमा भने २ हजार ६ सय ६२ मत सहित कांग्रेसले अग्रता लिएको छ। जहाँ एमालेको १ हजार ९ सय ३४ मत रहेको छ।

दुहवी नगरपालिका वडा नम्बर १ बाट एमालेका मोहमद अजुल हुसैन ९२९ मत ल्याएर वडाध्यक्ष चुनिएका छन्। त्यस्तै बर्जु गाउँपालिका वडा नम्बर १ मा एमालेका दिल बहादुर गुरुङ ९३९ मत ल्याएर विजयी भएका छन्।

भोक्राहा नरसीँह गाउँपालिका वडा नम्बर १ मा भने राप्रपाका लक्ष्मण मेहेता विजयी भएका छन्। उनले जम्मा १ हजार ९० मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्। सुनसरीमा दुई वटा उपमहानगरपालिका चार वटा नगरपालिका र छ वटा गाउँपालिका गरी १२ वटा स्थानीय तह रहेका छन्।