२१ बैशाख २०८३, सोमबार 1777910045
विश्व

अन्तरिम राष्ट्रपतिले ‘तत्काल युद्धविराम’ घोषणा गरे पनि सिरियामा झडप, ९०० भन्दा बढीको मृत्यु

दमास्कस । सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले ‘तत्काल युद्धविराम’ घोषणा गरे पनि दक्षिणी सिरियामा साम्प्रदायिक झडप जारी छ । अल्पसङ्ख्यक ड्रुज र घुमन्ते समुदायहरूबिच विगत एक हप्तादेखि चलिरहेको हिंसा अझै रोकिएको छैन ।

दुवै समुदायले एक अर्कामाथि अत्याचारको आरोप लगाएका छन् ।  सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले सरकारी सेना तैनाथ गरेका थिए । तर उनीहरूमाथि ड्रुज समुदायमाथि भएको आक्रमणमा संलग्न भएको आरोप लगाइएको छ ।

हिंसामा ९०० भन्दा बढी व्यक्ति मारिएको खबरहरू आएका छन् । इजरायलले सिरियाको राजधानी दमास्कसमा रक्षा मन्त्रालय र सरकारी सेनामाथि आक्रमण गर्दै आक्रमण डुज समुदायको रक्षा गर्न गरिरहेको बताएको छ ।