१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:27 am
Banner

भरतपुरमा एमालेको अग्रता

सूचना प्रेस २०७९ जेष्ठ १ आइतबार ००:००, १४:०३ बजे १ मिनेट पढाइ

भरतपुर – भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका छन् । पछिल्लो समय लिड गरेकी दाहाललाई सुवेदीले उछिनेका हुन् ।

पछिल्लो परिणामअनुसार दाहालले १५४१ मत ल्याएका छन् भने सुवेदीले १६११ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवार १७७५ मत आएको छ भने राप्रपाको उम्मेदवारले १२४२ मत ल्याएका छन् ।