४ आश्विन २०८१, शुक्रबार 1726859287
पालिका

उदयपुरका मुख्य निर्वाचन अधिकृतद्वारा राजीनामा

उदयपुर — उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । निर्वाचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन् ।शनिबार कार्यालयको काम गरिरहेकोको बेला स्वास्थ्यमा समस्य भएर बेहोस भएपछि खनालले निर्वाचनको बाँकी काम गर्न नसक्ने भनेर निर्वाचन आयोगमा लेखी पठाएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताए ।

उदयपुरको ९८ मतदानस्थलमध्ये त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद र कटारी नगरपालिका वडा नम्बर १० मा प्रहरीको गोली लागेर १ जना युवाको मृत्यु भएपछि मुख्य निर्वाचन अधिकृत तनावमा थिए । सोही कारण राजीनामा दिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

विवादपछि जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतले आयोग समक्ष राजीनामा दिएका हुन् । पानी परेपछि स्थगित मतदान प्रक्रिया पुनः सुचारु नगरेपछि विवाद भएको थियो ।