काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २६ पालिकाको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म ११ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छन् । नेपाली कांग्रसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ ।
माओवादी केन्द्र ४ पालिका प्रमुख जितेर तेस्रोमा छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर चौथोमा छ ।
यी हुन् विजेता- नाम र मतसहित
नेकपा एमाले–११
१. धावा सन्दुक गुरुङ, शे फोक्सुन्डोगापा डोल्पा (निर्विरोध)
२. लोप्साङ छोम्पेल विष्ट, लोघेकर दामोदर कुण्डगाउँपालिका (मुस्ताङ) ६ सय ८९ मत
३. लोकेन्द्रबहादुर घले, चामेगापा (मनाङ) ३ सय २० मत
४. कान्छा घले, ङिस्याङगापा (मनाङ) ८ सय ६१ मत
५. रिन्जिननाम्ग्याल गुरुङ, वारागुङ मुक्तिक्षेत्रगापा (मुस्ताङ) ८ सय ७६ मत
६. टसी न्हर्वु गुरुङ लोमन्थाङ गाउँपालिका (मुस्ताङ) ६ सय ६८ मत
७. मिङमा छिरी शेर्पा खुम्बु पासाङ ल्हामु गाउँपालिका (सोलुखुम्बु) २ हजार २८ मत
८. मानविर बोहरा साइपाल गाउँपालिका (बझाङ) ६ सय ७५ मत
९. प्रकाश ओझा नवलपुरको बौदीकाली गाउँपालिका
१०. थलरा गाउँपालिका बझाङ
११. थासाङ गाउँपालिका- मुस्ताङ
नेपाली कांग्रेस – ९
१. कोञ्जो तेञ्जिङ लामा, नार्पाभूमिगापा (मनाङ) १ सय ५८ मत
२. मोहनसिंह लालचन, घरपझोङ गापा (मुस्ताङ) ७ सय ६० मत
३. धनबहादुर गुरुङ– नासो गापा (मनाङ) ८ सय २० मत
४. इन्द्रबहादुर कार्की गन्यापधुरा गाउँपालिका (डलेलधुरा) ३ हजार ३८४
५. खिलध्वज पन्थी रेसुङ्गा नगरपालिका (गुल्मी) ८हजार ६१४ मत
६० सरोज थापा गुल्मीदरवार गाउँपालिका (गुल्मी) ६ हजार १६६ मत
७. भैरवबहादुर साउँद बडीकेदार गाउँपालिका (डोटी) २३४३ मत
८. कर्णबहादुर रावल खार्पुनाथ गाउँपालिका (हुम्ला) १८ सय १० मत
९. तमानखोला गाउँपालिकामा, बागलुङ
माओवादी केन्द्र ४
१. जगदुल्ला गाउँपालिका- डोल्पा
२. नौमुले गाउँपालिका- दैलेख
३. ताराखोला गाउँपालिका, बागलुङ
४. अपिहिमाल गाउँपालिका, दार्चुला
नेकपा एकीकृत समाजवादी -२
१. अंगदकुमार राना, काईकेगापा (डोल्पा) निर्विरोध
२. सेनाङ गुरुङ, छार्का ताङसोङगापा (डोल्पा) निर्विरोध