३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:57 am
Banner

देउवाले बोलाए पदाधिकारी बैठक

सूचना प्रेस २०८२ श्रावण ८ बिहिबार ००:००, १७:१७ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । आफ्नै निवास बुढानीलकण्ठमा बिहान नौ बजे सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘भोलि बिहान नौ बजे पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आह्वान भएको छ,’ पौडेलले भने । बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ ।