४ आश्विन २०८१, शुक्रबार 1726873904
Banner

बालकोटमा एमालेको अग्रता

काठमाडौ । सूर्यविनायक नगरपालिका २ मा एमालेले अग्रता लिएको छ । बालकोट २ मा एमालेका मेयर उम्मेद्धवार वाशुदेव थापाले १८४४ मत पुर्याउनुभएको छ ।

उहाँका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका निशान ढुंगेलले १७९४ मत पाउनुभएको छ ।

उपप्रमुखमा नेकपा एमालेका सरिता भट्टराई (तिमिल्सिना) ले अग्रता लिँदै १८४४ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका श्‍याम सुन्दर बस्नेतले ९८५ मत ल्याउनुभएको छ । वडा अध्यक्षमा एमालेका उम्मेदवारले ४८७ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवारले २०७ मत मात्र प्राप्त गर्नुभएको छ ।