काठमाडौं – वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म ३६ स्थानीय तहको मतगणनाको परिणम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ ।
हालसम्म एमालेले १५ र नेपाली कांग्रसले ११ पालिका जितेको छ । ८ पालिका प्रमुख जितेर माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर चौथोमा छ ।
यस्तो छ परिणाम सूची
नेकपा एमाले
१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा
२. चामे गाउँपालिका – मनाङ
३. ङिस्याङ गाउँपालिका- मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका-मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका-सोलुखुम्बु
८. साइपाल गाउँपालिका-बझाङ
९. बौदीकाली गाउँपालिका- नवलपुर
१०. थलारा गाउँपालिका- बझाङ
११. थासाङ गाउँपालिका- मुस्ताङ
१२. मालिका गाउँपालिका- म्याग्दी
१३. राइनास गाउँपालिका- स्याङ्जा
१४. महाकाली नगरपालिका- दार्चुला
१५. मेन्छेयाम गाउँपालिका- तेह्रथुम
नेपाली कांग्रेस
१. नार्पाभूमी गाउँपालिका – मनाङ
२. घरपोझोङ गाउँपालिका – मुस्ताङ
३. नासो गाउँपालिका- मनाङ
४. गुल्मी दरबार गाउँपालिका- गुल्मी
५. गन्यापधुरा गाउँपालिका- डडेलधुरा
६. मुसिकोट नगरपालिका- गुल्मी
७. खार्पुनाथ गाउँपालिका- हुम्ला
८. बडिकेदार गाउँपालिका- डोटी
९. तमानखोला गाउँपालिका- बागलुङ
१०. स्वामीकार्तिक गाउँपालिका- बाजुरा
११. लिखुपिके गाउँपालिका- सोलुखुम्बु
माओवादी केन्द्र
१. जगदुल्ला गाउँपालिका-डोल्पा
२. नौमुले गाउँपालिका-दैलेख
३. ताराखोला गाउँपालिका- बागलुङ
४. अपि हिमाल गाउँपालिका- दार्चुला
५. जन्तेढुंगा गाउँपालिका- खोटाङ
६. लिम्चुङ्बुम गाउँपालिका- उदयपुर
७. नौगाड गाउँपालिका- दार्चुला
८. थवाङ गाउँपालिका- रोल्पा
नेकपा एकीकृत समाजवादी
१. काइके गाउँपालिका – डोल्पा
२. छार्का साङतोङ गाउँपालिका – डोल्पा