४ आश्विन २०८१, शुक्रबार 1726880749
Banner

आज बुद्ध जयन्ती, भारतीय प्रधानमन्त्री लुम्बिनी आउँने

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदै हुनुहुन्छ । २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा सहभागिता जनाउन मोदी लुम्बिनी आउने हुनुभएको हो । स्थानीय तहको चुनावलगत्तै लुम्बिनीमा हुन लागेको मोदीको भ्रमणलाई विशेष चाँसोका साथ हेरिएको छ ।

मेला र पर्वलाई विशेष कुटनीतिका रुपमा प्रयोग गर्न चाहने मोदीको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर देउवा हिजो लुम्बिनी पुगिसक्नुभएको छ । मोदीको सुरक्षाका लागि केही दिनअघि नै विशेष भारतीय वायु सेनाको टोली लुम्बिनी आइसकेको छ । मोदी सोमबार बिहान ११ बजे हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम छ । मोदी लुम्बिनी आउने भएपछि बुटवल लगायत क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।