काठमाडौं । नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को अवसरमा युटीएसले ‘टोयोटा मेगा अफर’ ल्याएको हो ।

यही साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा टोयोटाले आफ्ना ग्राहकहरूका लागि आकर्षक योजनाहरू सार्वजनिक गरेको हो । जसअन्तर्गत एक्स्पोमा टोयोटाका कुनै पनि गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले ‘मेगा डिस्काउन्ट’ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यसका साथै, उनीहरूले विशेष ’प्ल्याटिनम कार्ड’ र खरिद गरिएको गाडीका लागि ‘आजीवन निःशुल्क पिकअप तथा ड्रप’ को सुविधा पनि पाउनेछन् । यो सुविधाले गाडी सर्भिसिङका लागि लैजाने र ल्याउने झन्झटबाट ग्राहकलाई मुक्त गर्ने कम्पनीको विश्वास छ ।
एक्स्पोमा टोयोटाले आफ्ना दुई चर्चित मोडलहरू प्रदर्शनमा राख्नेछ। जसमा यारिस क्रस हाइब्रिड इलेक्ट्रिक र प्रतिष्ठित ल्यान्ड क्रुजर २५० समावेश छन् । यसका साथै, एक्स्पोमा टोयोटाको स्टल अवलोकनका लागि आउने हरेक आगन्तुकले आकर्षक ‘टोयोटा गिफ्ट ह्याम्पर’ प्राप्त गर्नेछन् ।


