१६ बैशाख २०८३, बुधबार 1777501802
Banner

रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार सिफारिस गर्न प्रदेश र जिल्लालाई महासचिव पोखरेलको पत्र

काठमाडौं, १५ साउन । सांसद दीपक बोहोराको निधन भएपछि रिक्त भएको रुपन्देही निर्वाचन क्षेत्र नं ३ को तयारीमा एमाले जुटेको छ । निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही नं ३ क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।

निर्वाचनको तयारीका लागि एक महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई एमाले महासचिव शंकर पोखरेलले पत्र पठाएका छन् । महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ । पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ ।

केन्द्रीय कार्यालय प्रमुख डा. भीष्म अधिकारीका अनुसार हिजो दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ गतेभित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरिएको छ । मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एक जनाको नाममा निर्णय गर्ने डा. अधिकारीले बताए ।

रुपन्देही–३ मा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका बोहोरा विजयी भएका थिए ।

२०७९ मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएको थियो ।