४ भदौ २०८३, बिहिबार 1787280353
Banner

खानेपानीका लागि नेताकोमा धाउन नपरोस् : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खानेपानी का लागि नेताहरूको घरदैलोमा जाने स्थितिको अन्त्य गर्नुपर्ने बताएका छन् । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै श्रेष्ठले दलका नेता, मन्त्रीकोमा धाउनुपर्ने स्थिति अन्त्य हुनुपर्ने बताएका हुन् ।

‘खानेपानी का लागि नेताकोमा धाउनुपर्ने । योजना जाने तर अहिले पठाएको बजेटले २०/२५ वर्षमा पनि योजना पुरा नहुने, जुन स्थिति छ । त्यसको अन्त्य हुनुपर्छ’, उनले भने, ‘पहिलो कुरा खानेपानी मौलिक अधिकार मात्र होइन प्राथमिकताको विषय ठानेर मधेस लगायतका स्थानमा आमरुपमा खानेपानी समस्या छ, त्यो मागलाई पुरा गरेर प्राथमिकताको योजना बनाउनुपर्‍यो ।’

अहिले तीन तहको सरकारले ठिक ढङ्गले कार्य योजना बनाउन नसकेको कारणले केही समस्या देखापरेका उनले बताए  । काम गर्न सक्ने कुरा पनि संघ देखाएर वा तीन  तहको सरकार देखाएर नगरेको स्थिति रहेको उनले जानकारी गराए ।