२५ श्रावण २०८३, सोमबार 1786373922
अर्थ

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबिच विशेष सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक र ई–स्टप नेपाल प्रा.लि.बीच बैंकका ग्राहकलाई रेष्टुरेन्ट र चार्जिङ स्टेसन सेवामा विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरूले ई–स्टप नेपालले सञ्चालन गरिरहेका रेष्टुरेन्टहरूमा परिकार खरिद गर्दा १० प्रतिशत र चार्जिङ स्टेसनमार्फत विद्युतीय सवारी चार्ज गर्दा ५ प्रतिशत छुट पाउनेछन्।

ई–स्टप नेपालले नवलपुरको दलदले, सिन्धुलीको रामटार र कुरिनटारमा सञ्चालनमा ल्याएका रेष्टुरेन्ट तथा चार्जिङ स्टेसनमा यो छुट सुविधा उपलब्ध हुने बताइएको छ। ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्दा छुट पाउने व्यवस्था गरिएको छ। बैंकका अनुसार ई–स्टप नेपालसँगको यो सहकार्यले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्नुका साथै हरित अर्थतन्त्रको विकासमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको 
एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।