१६ बैशाख २०८३, बुधबार 1777501731
समाचार

राप्रपा केन्द्रीय सदस्य बस्यालद्वारा पार्टी परित्याग

काठमाडौं : राप्रपाकी केन्द्रीय सदस्य सिता बस्यालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी छोडेको घोषणा गरेकी छन् ।

गैंडाकोटकी स्थायी वासिन्दा बस्याल पार्टी स्थापना कालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर सक्रिय राजतन्त्र र हिन्दूधर्मका पक्षमा काम गर्दै आएकी थिइन् । आफनो सामाजिक सञ्जालमा पार्टी अध्यक्ष राजेन्द्र लिंदेललाई सम्बोधन गरेर लेखेको स्टाटसमा साधारण सदस्यसमेत नरहनेगरि पार्टी छोडेको घोषणा गरेकी हुन् ।

नेतृ बस्याल पूर्वी नवलपरासीमा राप्रपाबाट संसदीय निर्वाचनमा समेत उम्मेदवार बनेकी थिइन् ।