काठमाडौं, १९ साउन । खोटाङको हलेसीबाट तीर्थालु लिएर फर्किँदै गरेको गाडी भीरबाट खसेको छ ।
कम्तीमा १७ जना सवार विंगर गाडी जयरामघाटमा भीरबाट खसेको हो । गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ आएको थियो ।
गाडी डेढ सय मिटर तल खसेको बताइएको छ । प्रहरीले उद्वार गरिरहेको छ । थप विवरण आउँन बाँकी छ ।


