१ जेष्ठ २०८३, शुक्रबार 1778902463
समाचार

हलेसीबाट तीर्थालु लिएर फर्किँदै गरेको गाडी भीरबाट खस्यो

काठमाडौं, १९ साउन । खोटाङको हलेसीबाट तीर्थालु लिएर फर्किँदै गरेको गाडी भीरबाट खसेको छ ।

कम्तीमा १७ जना सवार विंगर गाडी जयरामघाटमा भीरबाट खसेको हो । गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ आएको थियो ।

गाडी डेढ सय मिटर तल खसेको बताइएको छ । प्रहरीले उद्वार गरिरहेको छ । थप विवरण आउँन बाँकी छ ।