३१ श्रावण २०८३, आइतबार 1786862371
समाचार

खोटाङमा गाडी दुर्घटना : १३ जना घाइते, केहीको अवस्था गम्भीर

खोटाङ । खोटाङमा तीर्थयात्रु सवार गाडी दुर्घटनामा १३ जना घाइते भएका छन् ।

आज बिहान खोटाङको हलेसीबाट सिराहा फर्कदैँ गरेको विंगर गाडी तुवाचुङ नगरपालिका( १ दौत्यखोलास्थित मध्येपहाडी लोकमार्ग सडक खण्डमा गाडी दुर्घटना भएको हो। सिराहाको गोलबजारतर्फ जाँदै गरेको प्र.२-०१-००१ ज ००५३ नम्बरको विङगर गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेमा सिराहाको नरहा गाउँपालिका-५ बलुवा निवासी ३९ वर्षीय रञ्जित यादव, सोही ठाउँकी ७० वर्षीया कुस्मवती यादव, ७० वर्षीय राज यादव, सोही ठाउँका रामशरण ठाकुरकी श्रीमती (नाम खुल्न बाँकी) लगायत रहेका छन्।

दुर्घटनामा घाइते भएकी रामशरण ठाकुरकी पत्नीसहितका केही घाइतेको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ।