काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीले सोमबार यस्तो आदेश दिएका हुन् ।
उनलाई अदालतले बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । त्यस्तै, १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा ३ लाख रुपैयाँ धरौटी माग गरिएको छ । यो आदेशको विस्तृत विवरण आइसकेको छैन ।
उक्त तीनकुने घटनामा प्रसाईंसँगै पक्राउ परेका चार जनालाई पनि छोड्ने उच्च अदालत पाटनले आदेश गरेको छ ।


