३१ श्रावण २०८३, आइतबार 1786867843
Banner

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिनुभएकाे छ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तानमा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिनुभएकाे हाे।

‘भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन म तुर्कमिनस्थानमा छु। उता नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ। बधाई नानीबाबुहरु !’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ।

प्रधानमन्त्री ओलीले विद्यार्थीहरुको मेहनत सफल भएको भन्दै अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गर्न आह्वान गर्नुभएकाे छ।

 ‘तपाईहरुको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौं। फेरि पनि बधाई सबैलाई।’ प्रधानमन्त्री ओलीले भन्नुभएकाे छ।