२ जेष्ठ २०८३, शनिबार 1778915009
समाचार

साउदीले गर्‍यो ६२ जना नेपाली रिहा, परराष्ट्र मन्त्रालयद्वारा प्रशंसा

काठमाडौँ । साउदी अरेबियाले ईद र इस्लामिक वर्ष १४४६ हिजरीको अवसरमा ६२ जना नेपाली कैदीहरूलाई रिहा गरेको छ । 

मंगलबार परराष्ट्र मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । मन्त्रालयले साउदी सरकारप्रति धन्यवाद प्रकट समेत व्यक्त गरेको छ । 

मन्त्रालयले साउदी सरकारद्वारा नेपाली नागरिकहरूप्रति देखाइएको सद्भावपूर्ण व्यवहारले दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरेको छ ।

रिहा गरिएका नेपाली नागरिकहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी साउदी सरकारका सम्बन्धित निकायबाट अनुमति पाएपछि नेपाल फर्कने मन्त्रालयले जनाएको छ ।