२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:52 am
राजनीति

घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकाररविसँग भेटपछि बाबुरामले भने– जमानतमा बाहिरै रहेर मुद्दा लड्ने व्यवस्था मिलाइयोस्

सूचना प्रेस २०८२ श्रावण २२ बिहिबार ००:००, १४:२८ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुर्पक्षका लागि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जमानतमा बाहिरै राखेर मुद्दा लड्ने व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । बिहीबार भैरहवा जेलमा रहेका लामिछानेसँग भेटवार्ता गर्दै भट्टराईले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

‘रविमाथि फैसला भइसकेको छैन । अहिले न्यायिक हिरासतमा रहनुभएको हो । अदालतले नै व्याख्या गरिसकेको हुनाले म व्याख्या गर्न चाहन्न । तैपनि कोही मान्छे भाग्छ, थप अपराध गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो’, उनले भने, ‘तर एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदै भनेर जमानतमा बाहिरै रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो मान्यता हो । त्यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।’

भट्टराईले मानवीय, वैकल्पिक राजनीतिक दलको हिसाबले ऐक्यबद्धता जनाउन आएको समेत स्पष्ट पारे । उनले अहिले नै लामिछानेलाई दोषी करार गर्न नमिल्ने समेत बताए । सहकारी ठगी मुद्दामा लामिछाने गत चैत २५ गतेदेखि पुर्पक्षका लागि जेलमा छन् ।