काठमाडौं, २५ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

खनालसँग भेटका लागि श्रेष्ठ खनाल निवास डल्लुमै पुगेका थिए । उनीहरूबीच डेढ घण्टा छलफल भएको हो ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, नेपालको वर्तमान राष्ट्रिय अवस्था, कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू, देशभक्त राजनीतिक शक्ति र अन्य राजनीतिक पक्षहरूबारे छलफल भएको बताइएको छ ।


