२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:30 am
समाचार

कैलाली कारागारमा तनाव : हरियारसहित सशस्त्र र नेपाल प्रहरी खटाएर कैदीको गन्ती गरिँदै

सूचना प्रेस २०८२ श्रावण २५ आइतबार ००:००, १७:३४ बजे १ मिनेट पढाइ

धनगढी, २५ साउन । कैलाली कारागारमा हिंसात्मक झडप भएपछि अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् । यसैबीच कैलाली कारागार प्रशासनले कैदीबन्दीको गणना सुरु गरेको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई हतियारसहित भित्र पठार गणना गर्न लागिएको हो । मानव अधिकार आयोगको टोली पनि सँगै रहेको छ ।

यसअघि कैदीले नै कारागार नियन्त्रणमा लिएर कसैलाई पनि भित्र छिर्न दिएका थिएनन् ।