२ भदौ २०८३, मंगलबार 1787103546
Banner

रविलाई थुनामेै राख्न अदालतको आदेश

भैरहवा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न रूपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ। सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेलाई बिगो रकम बैंकमार्फत बुझाए पनि रिहा गर्न अदालतले अनुमति दिएको छैन। न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई रिहा गर्न नपर्ने आदेश दिएको हो।

लामिछानेले बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका थिए। तर, अदालतले उक्त जमानतलाई पर्याप्त नठानी रिहा अस्वीकार गरेको हो।

गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी भैरहवा कारागारमा रहेका छन्।