४ आश्विन २०८१, शुक्रबार 1726888974
Banner

एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल भयाे – शंकर पाेखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा एमालेलाई समाप्त पार्ने सत्‍ता गठबन्धनको प्रयास पूर्ण रुपमा असफल भएको बताउनुभएको छ । तर, अपेक्षा गरेजस्तो परिणाम भने प्राप्त नभएको उहाँले बताउनुभयो ।

दलीय प्रतिस्पर्धा भएको भए देशमा एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित हुने जनमतले प्रकट गरेको उहाँको भनाइ छ ।

निर्वाचनको प्रारम्भिक चरणमै प्रहरी र कर्मचारी खटाउँदै सेटिङ गरेको आरोप पनि महासचिव पोखरेलले लगाउनुभयो।

परिणाम आउनुअघि देखि नै एमालेले सरकारलाई खबरदारी गरेको मंगलबार आयोजित मदन–आश्रित स्मृति दिवसमा उहाँले भन्नुभयो ।
उहाँले गठबन्धन दलका कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूमाथि आक्रमण गरेको पनि आरोप लगाउनुभयो ।