४ आश्विन २०८१, शुक्रबार 1726867235
पालिका

सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जसपा उम्मेदवारले बाजी मारेका छन् ।

अध्यक्षमा एमालेका सत्यनारायण यादव विजयी भएका छन् । उनले २ हजार १५१ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटम प्रतिस्पर्धी जसपाका जागेश्वर यादव २ हजार ११७ मत ल्याएका छन् । जागेश्वर निवर्तमान अध्यक्ष हुन् ।यस्तै उपाध्यक्षमा जसपाकी गीता कुमारी सिंह २ हजार २७२ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकी चन्द्रकला कुमारी यादव १ हजार ९६९ मत पाएकी छन् ।