१६ भदौ २०८३, मंगलबार 1788303203
अर्थ

कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल चयन

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले उनलाई सञ्चालकमा नियुक्त गरेपछि आज बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो।

अर्थ मन्त्रालयका अनुसार व्यवस्थापकीय क्षमताका आधारमा पौडेललाई बैंकको सञ्चालकमा पठाइएको हो। नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक समेत रहेका पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूमा नेतृत्वदायी भूमिकामा रहेर काम गरेको २५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ।

वायुसेवा निगमलाई कम्पनी मोडेलमा लैजाने योजनाका सूत्रधार रहेका पौडेलले चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पताल लगायतका संस्थाहरूको सफल नेतृत्व गरिसकेका छन्।

वित्त तथा व्यवस्थापन परामर्शदाताको रूपमा नेपाल तथा विदेशका १०० भन्दा बढी कम्पनीहरूलाई सेवा दिइसकेका उनले हाल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जी लिमिटेडका अध्यक्षको जिम्मेवारी पनि सम्हालिरहेका छन्।