२० श्रावण २०८३, बुधबार 1785946649
समाचार

नयाँ बानेश्वरमा पत्रकारमाथि हातपात, क्यामेरा जफत

काठमाडौं । नयाँ बानेश्वरस्थित ‘नयाँ फुटपाथ बजार’ हटाइएको क्षेत्रमा रिपोर्टिङका लागि पुगेका नयाँ सवाल डटकमका पत्रकार पवन परियारमाथि हातपात गरिएको छ।

प्रत्यक्षदर्शीका अनुसार फुटपाथ बजार व्यवस्थापन समितिका केही व्यक्तिहरूले पत्रकारलाई गुण्डागर्दी शैलीमा हातपात गरेका छन्। सो क्रममा उनीहरूको क्यामेरा समेत जफत गरिएको छ। घटनापछि स्थलमा उपस्थित अन्य सञ्चारकर्मीहरूले घटनाप्रति विरोध जनाएका छन्।

पत्रकारमाथिको यो व्यवहारले सञ्चार स्वतन्त्रतामाथि ठाडो आक्रमण भएको भन्दै सञ्चारकर्मीहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन्। यस विषयमा सम्बन्धित निकायले अनुसन्धान अघि बढाउने बताइएको छ।