१७ बैशाख २०८३, बिहिबार 1777592426
खेलकुद

साउथ अष्ट्रेलियालाई नेपालको १४७ रनको लक्ष्य

काठमाडौं । टी–२० अभ्यास खेलमा खेलमा नेपालले साउथ अष्ट्रेलियालाई १४७ रनको लक्ष्य दिएको छ ।

पहिलो खेलमा टस जितेर साउथ अष्ट्रेलियाले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन बनाएको हो ।

नेपालका लागि भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन बनाए । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेरर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाए ।

नेपाल र साउथ अष्ट्रेलियाबीच टी–२० अभ्यासका दुई खेल आजै हुँदैछन् । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग दोस्रो प्रतिस्पर्धा गर्नेछ ।