४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 1:48 pm
समाचार

सामुदायिक जीविकोपार्जन परियोजनाबाट एक हजार चार सय परिवार लाभान्वित

सूचना प्रेस २०८२ भदौ १३ शुक्रबार ००:००, १०:३८ बजे १ मिनेट पढाइ

म्याग्दी, १३ भदौ । रघुगङ्गा गाउँपालिकामा सञ्चालन भएको सामुदायिक जीविकोपार्जन प्रवर्द्धन परियोजनाबाट सात गाउँका एक हजार ४०० परिवार लाभान्वित भएका छन् । अन्तरराष्ट्रिय रेडक्रस (आइसिआरसी)को साझेदारी र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा छ वर्षअघि उक्त पालिकामा सुरु भएको परियोजना बिहीबारदेखि अन्त्य भएको छ ।

दुई चरणमा सञ्चालित परियोजनामार्फत किवी, ओखर, सुन्तला, कागती, टिम्मुर, सतुवा, बेसार, अदुवा, केराखेती, बाख्रा, भैँसी, मौरीपालन, कुखुरा, मौरीपालन, टनेलमा खेती प्रविधि, आरन सञ्चालन एवं व्यवस्थापन, बाँस तथा निगालोका सामग्री निर्माण, सिलाइकटाइ, गोठ सुधार र घरबास सञ्चालनका लागि आर्थिक, प्राविधिक सहयोगका साथै सीपमूलक तालिम पनि प्रदान गरिएको थियो । रघुगङ्गाका बेग, दग्नाम, चिमखोला, भगवती, पिप्ले, झिँ र पाखापानीमा परियोजना सञ्चालन भएको थियो ।