काठमाडौं । यस वर्ष उड्डयन क्षेत्रमा उत्कृष्टताको एक दशक मनाउँदै हिमालय एअरलाइन्स्ले अगस्ट ३०, २०२५ मा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको जनवादी गणतन्त्र चीनको तिआन्जिनको औपचारिक भ्रमणको लागि विशेष कूटनीतिक उडान सञ्चालन गरेको छ ।

उक्त उडानमा सम्माननीय प्रधानमन्त्री, वहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्यज्यूका साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय श्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्रीप्रसाद पाण्डे, आर्थिक तथा विकास सल्लाहकार माननीय श्री युवराज खतिवडा एवम् विभिन्न उच्च पदस्थ सरकारी अधिकारीहरूसहितको प्रतिनिधिमण्डल पनि रहेको छ । प्रतिनिधिमण्डल सेप्टेम्बर ३, २०२५ मा हिमालयको एयरबस ३२०–२१४ मा बेइजिङ्गबाट नेपाल फर्कने कार्यक्रम रहेको छ ।
हिमालय एअरलाइन्स्का अध्यक्ष श्री झो एन्योंगले सम्माननीय प्रधानमन्त्रीज्यू, वहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्यज्यू र विशिष्ट प्रतिनिधिहरूलाई स्वागत गर्नुभएको थियो । उक्त अवसरमा हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) श्री विजय श्रेष्ठ पनि सम्माननीय प्रधानमन्त्री र भ्रमण टोलीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।
उक्त उडानपछि श्री विजय श्रेष्ठले भन्नुभयो, “सरकार प्रमुखको औपचारिक भ्रमणको लागि विशेष उडान सञ्चालन गर्नु हिमालय एअरलाइन्स्को लागि वास्तवमै ठूलो गौरवकोे कुरा हो । अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको एक दशक पार गरेको खुसीको अवसरमा नेपाल सरकारबाट प्राप्त सद्भाव, संरक्षकत्व तथा सहयोगका लागि विशेष आभार ब्यक्त गर्दछौं । हिमालय एअरलाइन्स्ले आगामी वर्षहरूमा यो विश्वासलाई कायम राख्दै राष्ट्रको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।”
एयरबस ३१९–११५, ढल्(ब्व्प् वायुयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय बिहान ०७ः२३ बजे उडेको थियो र उक्त वायुयान स्थानीय समयअनुसार दिउँसो १५ः१५ बजे तिआन्जिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

नेपालको पहिलो र एकमात्र क्ष्इक्ब् प्रमाणित एअरलाइन्स्को रूपमा हिमालय एअरलाइन्स् सुरक्षित उडान, सञ्चालन उत्कृष्टता र विश्वस्तरीय सेवाप्रति प्रतिबद्ध छ । विगत १० वर्षमा, हिमालयले नेपाललाई विश्वसँग जोड्ने एक विश्वसनीय एअरलाइन्स्को रूपमा आफ्नो प्रतिष्ठालाई सगौरव कायम राखेको छ।
हिमालय एअरलाइन्स् बारेमा
हिमालय एअरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स््का मुख्य दुई उद्देश्यहरू हुन् ।
हिमालय एअरलाइन्स््, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड (TCADIC) र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हिमालय एअरलाइन्स् ।
हिमालय एअरलाइन्स््सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स््ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।
एअरलाइन्स््ले साउथ एशियन ट्राभल अवार्डस (SATA) २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स््का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स्् अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्स््को गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ । डिसेम्बर २८, २०२३मा, क्ष्इक्ब् अपरेटरको रूपमा प्रमाणित र क्ष्ब्त्ब् सदस्य एअरलाइन्स््को रूपमा दर्ता भएको हिमालय एअरलाइन्स् नेपालको पहिलो र एकमात्र एअरलाइन्स्् होे ।
सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स््ले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स (AEDs) जडान गरेको थियो । योसँगै एअरलाइन्स् (AEDs)जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स (OTP) र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स् आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स््को रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्स् रूपमा प्रतिस्थापित हुन चाहेको छ ।


