२६ जेष्ठ २०८३, मंगलबार 1781045715
अर्थ

नेपाली बजारमा सुन ६०० र चाँदी १५ रुपैयाँले महँगियो

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।

पछिल्ला केहि दिनयता नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर दुई हजार ४८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा यो तोलाको दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।