१५ बैशाख २०८३, मंगलबार 1777432412
Banner

चीनको भव्य सैन्य शक्ति प्रदर्शन,प्रधानमन्त्री सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जापानी उपनिवेशविरुद्ध चीनले आयोजना गरेको सैन्य परेडमा सहभागी भएका छन्।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले अहिले चीनको तियानमेन स्क्वयारमा भइरहेको भव्य परेड अवलोकन गरिरहेका हुन्। परेडमा ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनलगायत २६ देशका राष्ट्र तथा सरकार प्रमुख र ५० हजार पाहुना उपस्थित छन्।

(250903) — BEIJING, Sept. 3, 2025 (Xinhua) — A grand gathering to commemorate the 80th anniversary of the victory in the Chinese People’s War of Resistance against Japanese Aggression and the World Anti-Fascist War is held in Beijing, capital of China, Sept. 3, 2025. (Xinhua/Jin Liwang)

नेपालको दातृ निकाय जापान विरुद्धको कार्यक्रममा प्रधानमन्त्री ओलीको सहभागिताको विषयलाई लिएर भने आलोचाना भइरहेको छ। आलोचनाकै बीच ओलीले परेड अवलोकन गरे। यद्यपि चीनको सातौं स्थापना दिवसको अवसरमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य र १२ औँ स्थापना दिवसमा तत्कालीन राजा महेन्द्रले परेड अवलोकन गरेका थिए।

भदौ १४ गते तीन भ्रमणमा गएको प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आजै स्वदेश फर्कँदछ। शाङ्घाई सहयोग सङ्गठन ९एससिओ० शिखर सम्मेलनमा सहभागी जानुभएका ओली राति आठ बजे काठमाडौं आईपुग्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

(250903) — BEIJING, Sept. 3, 2025 (Xinhua) — A grand gathering to commemorate the 80th anniversary of the victory in the Chinese People’s War of Resistance against Japanese Aggression and the World Anti-Fascist War is held in Beijing, capital of China, Sept. 3, 2025. (Xinhua/Cai Yang)

चीनबाट फर्किए लगत्तै प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारहरुलाई भ्रमणबारे जानकारी दिने मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले जानकारी दिए। भ्रमणका क्रममा ओलीले शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै चिनिया राष्ट्रपति सी चिनफिङसहित बिभिन्न देशका राष्ट्रप्रमुखहरुसँग साइडलाईन भेटवार्ता गरेका थिए।