२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 1:24 pm
राजनीति

मन्त्रीको गाडीले बालकलाई ठक्कर दिएपछि हरिसिद्धि सडक अवरुद्ध

सूचना प्रेस २०८२ भदौ २१ शनिबार ००:००, ०९:२१ बजे १ मिनेट पढाइ

ललितपुर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएपछि स्थानीयले ललितपुरको हरिसिद्धि सडक अवरुद्ध पारेका छन् ।

हरिसिद्धि सडकको उकालोमा बालकलाई गाडीले ठक्कर दिएको हो । घाइते बालकलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको र उनको अवस्था सामान्य देखिएको प्रहरीले जानकारी दिएको छ ।