४ आश्विन २०८१, शुक्रबार 1726881647
Banner

कोर एरियाको अपडेटः २०० मत गन्दा स्थापित एक्लैले ल्याए ११८

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर एरियाभित्र पर्ने यो वडामा एमालेका केशव स्थापितले सुरुवाती अग्रता लिएका छन् ।

यो वडा महावौद्ध क्षेत्र पर्छ ।

हामीलाई प्राप्त पहिलो अपडेट अनुसार २०० मत गन्दा स्थापित एक्लैले ११८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन् ।