४ आश्विन २०८१, शुक्रबार 1726881297
पालिका

स्वतन्त्र उम्मदेवार शाही चङ्खेली अध्यक्षमा विजयी

हुम्ला – हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन्।

अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार २० मत पाए ।उपाध्यक्षमा समाजवादीका प्रेमकला शाहीले १ हजार २ सय ६३ मत ल्याएर विजयी भएकी हुन् । कांग्रेसका मैना बुढाले १ हजार २७ मत पाइन्।