४ आश्विन २०८१, शुक्रबार 1726880928
पालिका

काठमाडौं ३२ मा एमालेका नवराज पराजुलीको प्यानलै विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका– ३२ को वडाध्यक्षमा गठबन्धनलाई हराउँदै नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् ।

पराजुलीले ५, ९५९ मत प्राप्त गदै विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एसकी सीता कँडेलले ३, ०१६ मत ल्याएर पराजित भईन । सदस्यहरुमा हिरा देबी पोख्रेल , सिता बिशुङ्खे, भगवान बुढाथोकी, हरि बस्नेत बिजयी भएका छन् ।