३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:18 am
अर्थ

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

सूचना प्रेस २०८२ भदौ ३० सोमबार ००:००, ११:०१ बजे १ मिनेट पढाइ

काठमाडौं, ३० भदौ । नेपाली बजारमा सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ ।

सोमबार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ५७० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५७५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।