१ जेष्ठ २०८३, शुक्रबार 1778887112
अर्थ

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ८ सय रुपैयाँले बढ्दै २ लाख १६ हजार कायम भएको हो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।  बिहीबार तोलामा २ हजार ५२० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलाको २ हजार ५ सय ८० कायम भएको महासङ्घको भनाइ छ ।