२७ भदौ २०८३, शनिबार 1789232522
समाज

५३८ केजी गाँजासहित कार बरामद

विराटनगर। मोरङ प्रहरीले जिल्लाको विराटनगर महानगरपालिका-८, हाटखोलाबाट ५३८ केजी लागुऔषध गाँजासहित एउटा कार बरामद गरेको छ। गत असोज २ गते राति करिब ८:४० बजे शङ्कास्पद अवस्थामा रहेको प्रदेश १-०२-००१ च १६६६ नम्बरको सिल्भर रङको कारको जाँच गर्दा उक्त गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।

प्रहरी नायव उपरीक्षक हस्त बहादुर सुनारका अनुसार कारमा लोड गरेर राखिएको अवस्थामा फेला परेको गाँजा र गाडी बेवारिसे अवस्थामा भेटिएको हो। प्रहरीले बरामद गरिएको गाडीसहित गाँजाको थप अनुसन्धान गरिरहेको छ। साथै, घटनामा संलग्न चालक र अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको पनि उनले बताए।