६ आश्विन २०८१, आइतबार 1726996063
Banner

विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेका शिल्पा निर्वाचित

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् ।

गठबन्धनको तर्फबाट उमेदवार बनेका नागेशले ३० हजार १७० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत प्राप्त पाए ।

उपमेयरमा भने गठबन्धनलाई हराउँदै एमाले निर्वाचित भएको छ । एमालेकी शिल्पा कार्की २५ हजार ६८० मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवले १४ हजार २१९ मत पाएर पराजित भए ।