६ आश्विन २०८१, आइतबार 1727004277
Banner

काठमाडौं महानगर अपडेट, बालेनले ल्याए ३१ हजार ४६० मत

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उमेदवार बालेन शाहले ३१ हजार ४६० मत प्राप्त गरेका छन् ।

८४ हजार ७९१ मतगणना हुँदा बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १६ हजार ६९१ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १६ हजार ४८२ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्म १, २, ३, ४, ५, ६, २८, २९, ३० र ३२ गरी दश वडाको मतगणना सम्पन्न भएको छ । यीमध्ये १, २, ३, ४, ५ र ३२ नम्बर गरी ६ वटा वडा अध्यक्षमा एमाले र बाँकी वडामा कांग्रेस विजयी भएको छ ।