६ आश्विन २०८१, आइतबार 1727011241
Banner

६८२ पालिकाको नतिजा सार्वजनिक, यस्तो छ परिणाम

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८२ स्थानीय तहको नतिजा आइसकेको छ ।

नेपाली कांग्रेसले ११९ नगर प्रमुख र १८४ गाउँपालिका अध्यक्ष गरी कुल ३०४ स्थानीय तहको नेतृत्व पाएको छ ।

नेकपा एमालेले ६५ नगर र १२० गाउँपालिका गरी १८६ मा विजय हासिल गरेको छ ।

माओवादी केन्द्रले २१ नगर र ९६ गाउँपालिका गरी कुल ११७ वटा पालिका जितेको छ ।

त्यसैगरी एकीकृत समाजवादी पार्टीले ९ पालिका जितेको छ भने जनता समाजवादी पार्टीले १८ पालिकाको नेतृत्व पाएको छ ।

स्वतन्त्र तथा अन्य दलले ५० वटा पालिका जितेका छन् ।