काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो ।दुर्घटनामा गुल्मी घर भएकी वर्ष १० की अरुणा थापा र वर्ष १३ का नारायण पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।


