७ जेष्ठ २०८३, बिहिबार 1779363749
Banner

अर्घाखाँची दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो

अर्घाखाँची– अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख  दिवस जिसीले जानकारी दिए । मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका  १० वर्षीया  अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल छन् ।

जिसीका अनुसार २४ घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । एकजना  घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ । २४ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२४  को  गाडी आज बिहान सन्धिखर्क– ९ टारीमा दुर्घटना भएको हो ।