७ जेष्ठ २०८३, बिहिबार 1779379243
Banner

आरजुको माइतीमा पनि सीआईबीको छापा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साला र सासुससुरा बस्ने घरमा छापा मारेको छ ।

देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ भूषण राणा र उनका बुवाआमा बस्ने ललितपुर महानगरपालिका–४ मा जावलाखेलका छुट्टाछुट्टै दुई घरमा आइतबार सीआईबीले छापा मारेको हो । सीआईबीका अनुसार शंकास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा बुवाआमा मात्रै घरमा थिए । भूषण भने घरमा नरहेको सीआईबीले जनाएको छ । खानतलासी गर्दा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ ।