११ श्रावण २०८३, सोमबार 1785146632
Banner

जेनजी पुस्ताको माग अनुसार मुख्य नेताहरूलाई छिटो बिदा दिनुपर्छ- घनश्याम भुसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जेनजी पुस्ताले आन्दोलनको क्रममा राखेका माग अनुसार मुख्य नेताहरूलाई छिटो बिदा गर्नुपर्ने बताएका छन्।

सोमबार एक वक्तव्य जारी गर्दै उनले अहिलेका मुख्य नेताहरूलाई छिटो बिदा गर्नुपर्ने बताएका हुन्। 

यसरी दलहरूलाई पुर्नर्गठन गर्न सकिने बताएका छन्।

‘अहिलेको मुख्य नेताहरूलाई जति सकिन्छ छिटो बिदा दिनु पर्छ, त्यसले दलहरूभित्र र समाजमा उत्पन्न गर्ने नयाँ आशा र विश्वासका साथ पार्टीहरूको पुनर्गठनलाई तीव्र पार्नु पर्छ,’ उनले भनेका छन्, ‘संविधान जारी भएपछि आजसम्मको राजनीतिक अभ्यासको स्वेतपत्र जारी गर्नुपर्छ।’ यस्तै सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाएर स्रोत नखुलेका सबै सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्ने उनको धारणा छ।